२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाल इन्स्योरेन्स हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन

सोमवार , भाद्र २, २०८२

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयरमा सोमबार (भदौ २ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले साउन ६ गतेदेखि हकप्रद शेयर बिक्री सुरु गरेको थियो।कम्पनीले चुक्ता पुँजीको ३४.७८ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ।

इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३.४७८३ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने छ।

कम्पनीले १०० रुपियाँ प्रतिकित्ताका दरले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपियाँ बराबरको ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ।

हकप्रदका लागि जेठ ३० गते बुकक्लोज गरेको थियो।कम्पनीको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ