२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाली एनिमेटेड चलचित्र "जय लाखय्" यहि भाद्र १४ गते प्रदर्शन हुँदै

बिहिवार , भाद्र १२, २०८२

काठमाडौँ । यंत्रकलाको ब्यानरमा निर्माण भएको नेपाली एनिमेटेड चलचित्र "जय लाखय्" यहि भाद्र १४ गते शनिबार एफक्यूब सिनेमा, केएल टावर, चाबहिलमा प्रिमियर हुन लागेको छ। आठ वर्ष लगाएर निर्माण गरिएको यस चलचित्रमा नेवाः समुदायमा लाखेको इतिहासको महत्त्व दर्शाउन खोजिएको छ।

आउँदो ईन्द्र जात्राको पर्व र नेपालको सांस्कृतिक इतिहासलाई नेपाल बाहिरका दर्शक र नयाँ पुस्तासम्म पुर्याउने जमर्को चलचित्रले गरेको छ। यस भन्दा पहिले ८ वर्ष अघि यन्त्रकलाले नेपालकै पहिलो एनिमेशन चलचित्र "शंखधर" पनि रिलिज गरेको थियो।

संस्कृतिविद् स्वर्गीय सत्य मोहन जोशीको कथा, संवाद र पटकथामा आधारित यस चलचित्रको सम्पादन र निर्देशन संयुक्त श्रेष्ठले गरेका छन् । संयुक्त र नियुक्त श्रेष्ठद्वारा एनिमेशन गरिएको यस चलचित्रका निर्माताहरू बेलायतबाट अञ्जना श्रेष्ठ र लोचन मानन्धर, र अमेरिकाबाट शैलेन्द्र मानन्धर र समीर महर्जन हुन्।

गुठी अष्ट्रेलिया‌द्वारा प्रस्तुत यस चलचित्र निर्माणमा नेपाल ललितकला प्रतिष्ठान, नेपालभाषा एकेडेमी, नेपालभाषा टाइम्स, विश्व नेवाः संगठन र ज्यासः फिल्मस् लगायतको पनि सहकार्य रहेको छ। नेपालभाषा र नेपाली दुवै भाषामा निर्मित यस चलचित्रमा प्रधानमन्त्री जंगबहादुर राणाको बेलायत भ्रमणको ऐतिहासिक सन्दर्भ पनि पहिलो पल्ट नेपाली दर्शकले हेर्न पाउने छन्।

भाद्र १४ गते हुने प्रिमियर शो बिहान ९ बजे नेपालभाषामा र ९:१५ बजे नेपालीमा प्रदर्शन हुनेछ।

अनलाइन टिकट खरिद गर्न यहाँ क्लिक गर्नु पर्नेछ- https://kgarira.com/buy-tickets/jaye-lakhey-special-screening-at-fcube-cinemas/

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ