काठमाडौं । टिभी रियालिटी शो ’नेपाल आइडल’ सिजन ६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छन् ।
आइतबार सम्पन्न ग्राण्ड फिनालेमा उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विजेता सोनामलाई ट्रफी हस्तान्तरण गरे ।
विजयी भएसँगै गंगाले नगद २५ लाख रुपैयाँसहित पुरस्कार जितिन् ।
बबिता थापामगर फस्ट रनरअप र दर्शना गान्धारी सेकेन्ड रनरअप घोषित भए । उनीहरूले क्रमशः नगद १० लाख र ५ लाख रूपैयाँसहित विभिन्न उपहार प्राप्त गरे ।
दर्शकको भोटका आधारमा विजेता घोषणा गरिएको हो । अभिनय खाती चौथो बने भने मृनल मानन्धर पाँचौ । दुवैले १ लाख रूपैयाँ पुरस्कार जिते। ।
यसअघि बुद्ध लामा, रवी ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापा मगर र करण परियारले उपाधि जितेका थिए ।
प्रतिक्रिया दिनुहोस