काठमाडौं । गायक मुकेश प्रधानले आफ्नो नयाँ गीत ‘भक्कानिएको मुटु’ सार्वजनिक गरेका छन् । प्रेमिल शैलीमा लेखिएको गीतमा मुकेशको नै शब्द ,संगीत रहेको गीतलाई फोसिलले निर्देशन गरेका हुन् ।
देशको अहिलेको वैदेशिक रोजगारीको विषय र त्यसले नेपाली समाजमा परेको गहिरो प्रभावलाइ गीतको म्युजिक भिडियोमा देखाइएको छ जुन धेरै नै हृदयस्पर्शी बनेको छ । भिडियोमा नायक बवशाल पहारी, बिन्दा खतिवडा, जीवन बस्नेत र किरण शाहीको अभिनय रहेको छ ।
भविन गुरुङको छायांकन र रञ्जित श्रेष्ठको सम्पादन रहेको भिडियोलाई आरओबीले निर्देशन गरेको गीतको भिडियोलाई गायक मुकेश प्रधानको अफिसियल च्यानल (इन्साइड मुकेस) बाट सार्वजनिक गरिएको हो ।

गायक मुकेशका यसअघिका गीतहरुलाइ पनि दर्शक स्रोताले रुचाएकाले यो गीत र भिडियोलाई मन पराउनेमा मुकेश ढुक्क रहेका छन् ।
https://www.youtube.com/watch?v=K2mlo_MJ9S0
प्रतिक्रिया दिनुहोस