२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

अफगानिस्तानमा फेरि ५.६ रेक्टरस्केलको भूकम्प, आइतबारको भूकम्पमा मृत्यु हुनेको संख्या १,३६८ नाघ्यो

शुक्रवार , भाद्र २०, २०८२

काठमाडौं । अफगानिस्तानको सुदूर दक्षिण–पूर्वी क्षेत्रमा बिहीबार राति ५.६ रेक्टरस्केलको भूकम्प गएको छ। पछिल्ला छ दिनमा यो तेस्रो ठूलो भूकम्प हो।

स्थानीय समयअनुसार राति ८:५६ बजे गएको भूकम्पको धक्का पाकिस्तानका विभिन्न ठाउँमा समेत महसुस गरिएको बीबीसीले जनाएको छ। नंगरहार र कुनार प्रान्तमा धक्का अनुभव भएपछि स्थानीयवासी आत्तिँदै घरबाहिर निस्किएका थिए।

बिहीबार रातिको भूकम्पमा तत्कालीन क्षतिको आधिकारिक विवरण आइनसकेको भए पनि स्थानीय चिकित्सकहरूले कम्तीमा १७ जना घाइते अस्पतालमा भर्ना गरिएको बताएका छन्।

यसअघि आइतबार गएको शक्तिशाली भूकम्पमा ठूलो जनधनको क्षति भएको छ। संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (OCHA) का अनुसार आइतबारको भूकम्पमा १,३६८ जनाको मृत्यु भएको छ भने २,१८० जना घाइते भएका छन्। यी तथ्याङ्क हालसम्म २५ वटा गाउँबाट सङ्कलित विवरणमा आधारित छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट