काठमाडौं । सोमबार नेपालमा प्रदर्शनकारीको हत्या भएको घटनाप्रति संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयले गम्भीर आपत्ति जनाएको छ।
कार्यालयकी प्रवक्ता रविना शामदासानीले जारी गरेको वक्तव्यमा सुरक्षाकर्मीले अनावश्यक बल प्रयोग गरेको रिपोर्ट प्राप्त भएको उल्लेख गर्दै घटनाको शीघ्र र पारदर्शी छानबिन गर्न माग गरिएको छ।
‘सुरक्षा बलले बन्दुकको प्रयोगसम्बन्धी आधारभूत सिद्धान्त पालना गर्नुपर्छ,’ प्रवक्ताले भनेकी छन्, ‘सरकारलाई शान्तिपूर्ण भेला र अभिव्यक्ति स्वतन्त्रताको अधिकारको सम्मान तथा सुनिश्चितता गर्न आह्वान गर्दछौँ।’
सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध भएको प्रदर्शनका क्रममा सोमबार १९ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस