२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

७५ औँ जन्मदिनको अबसरमा मोदीलाई ट्रम्पको शुभकामना, मोदी–ट्रम्पबीच कर विवादपछि पहिलो वार्ता

बुधवार , आश्विन १, २०८२

नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार राति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरी ७५ औँ जन्मदिनको शुभकामना दिएका छन्।

ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ मार्फत मोदीसँग भएको कुराकानीबारे जानकारी दिँदै उनलाई ‘अद्भुत काम गरिरहेका नेता’ भन्दै प्रशंसा गरेका थिए। मोदीले भने एक्समार्फत जवाफ दिँदै फोनकल र शुभकामनाका लागि धन्यवाद व्यक्त गरे र भारत–अमेरिका साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता दोहोर्‍याए।

भारतमा अमेरिकी कर वृद्धि लागू भएको करिब ४० दिनपछि दुई नेताबीच पहिलो पटक संवाद भएको हो। अगस्ट ६ मा अमेरिकाले रुसबाट तेल खरिद गरेको भन्दै भारतमाथि २५ प्रतिशत जरिवाना स्वरूप कर लगाएको थियो। त्यसको भोलिपल्टै थप २५ प्रतिशत कर लगाइएपछि भारतीय निर्यातमा कुल ५० प्रतिशत कर लागू भएको थियो।

यसैबीच करसम्बन्धी तनावका बीच भारत–अमेरिका द्विपक्षीय व्यापार सम्झौता पुनः सुरु भएको छ। अमेरिकी प्रतिनिधि ब्रेन्डन लिन्च र भारतीय वाणिज्य विभागका विशेष प्रतिनिधि राजेश अग्रवालबीच मंगलबार करिब सात घण्टा लामो वार्ता भएको र यसलाई दुवै पक्षले सकारात्मक बताएका छन्। अर्को बैठकको मिति चाँडै घोषणा गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट