२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

दसैँपछि पहिलो दिन खुलेको सेयर बजारमा उच्च अंकको गिरावट

मंगलवार , आश्विन २१, २०८२

काठमाडौँ । दसैँ बिदापछि पहिलो दिन खुलेको सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५८ अङ्कभन्दा बढीले ओरालो लागेर २६०० को विन्दुको नजिक पुगेको हो ।

आज नेप्से परिसूचक ५८.५५ अङ्कले घटेर २,६०४.९६ विन्दुमा पुगेको छ । आज कुल ४ अर्ब ६२ करोडको कारोबार भयो ।

आज अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

आज २४२ कम्पनीमध्ये २३५ कम्पनीको सेयर मूल्य घट्दा १६ कम्पनीको मात्र मूल्य बढेको छ । १ कम्पनीको मूल्य भने आज स्थिर रह्यो ।

आज भूगोल इनर्जीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । त्यस्तै, मूल्य धेरै बढ्नेमा ऋणपत्र अगाडि रहे । आज सेन्चुरी डिबेन्चरको १०, एनआईसी एसिया ऋणपत्रको ९।११, स्टान्डर्ड चार्टर्ड डिबेन्चरको ९ प्रतिशत मूल्य बढ्यो ।

आज युनियन हाइड्रोपावर, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट र सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको धेरै कारोबार भयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ