२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आफूलाई पक्राउ गरेर देखाउन सरकारलाई महेश बस्नेतको चुनौती

बुधवार , आश्विन २२, २०८२

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले आफूलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै बस्नेतले यस्तो चुनौती दिएका हुन् ।

आफू विधिको शासनको लागि जेल जान तयार रहेको पनि उनले बताए । उनले सरकारको पहिलो टार्गेट केपी ओली र तेस्रोमा आफू रहेको भन्दै हुदै नभएको मुद्दा सिर्जना गरेर आफुमाथि गिरफ्तार गर्ने षडयन्त्र गरेको दाबी गरे ।

त्यस्तै, उनले जेनजी आन्दोलनका क्रममा भएका आपराधिक घटनाको निष्पक्ष छानबिन गर्न पनि गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई चुनौती दिए । आन्दोलनकारीका तर्फबाट जेजनी आन्दोलनमा हतियार प्रयोग भएको उनले दाबी गरे ।

नेता बस्नेतले प्रहरीलाई जिउँदै जलाउनेलाई कारबाही गर्नुको साटो गृहमन्त्रीले सुदन गुरुङलाई गुलेली खेलाउन लगाएर बसेको आरोप लगाए ।

कुलमान घिसिङ उठौतीमा लागेको भन्दै उनीहरूमाथि पनि छानबिन गर्नुपर्ने बस्नेतको भनाइ छ ।

उनले अर्थमन्त्री रामेश्वर खनाल, उर्जामन्त्री कुलमान घिसिङबाट सम्पत्ति शुद्धीकरण गर्ने कि नगर्ने भन्दै प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट