काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । बिहीवार शेयर बजार २२.५९ अंकले बढेर २,५८२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २०० कम्पनीको शेयर मूल्य बढेको छ भने ४१ कम्पनीको शेयर मूल्य घटेको छ । १० कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
यसदिन ५ अर्ब २७ करोडको कारोबार भएको हो । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको हो । अघिल्लो दिन ५ अर्ब ७६ करोडको कारोबार भएको थियो ।
आज धेरै कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।
बिन्दबासिनी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ८.२१ प्रतिशतका दरले कमाएका छन् ।
थ्रिस्टार हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ९.०९ प्रतिशतका दरले गुमाएका हुन् ।
प्रतिक्रिया दिनुहोस