काठमाडौं । अस्वस्थ भएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।
स्रोतका अनुसार, राष्ट्रपति पौडेल महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन् ।
उनी दुई घन्टा अघि अस्पताल पुगेका हुन् । अहिले प्रारम्भिक परिक्षण भइरहेको छ ।
आज (शनिबार) उनले जेनजी प्रतिनिधिहरूसँग छलफल राखेका थिए । तर अस्वस्थ भएपछि छलफल दुई दिन सारेका छन् ।
प्रतिक्रिया दिनुहोस