काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार १९.४३ अङ्कको गिरावट आएको छ ।
नेप्से परिसूचक १९.१४ अंकले घटेर २५२८.१६ विन्दु कायम भएको हो। कारोबारमा आएका ट्रेडिङ, म्युचुअल फण्ड र अन्य बाहेकका उपसमूहले बजार घटाएका हुन्।
बजारमा आज कुल २ सय १४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ३३ वटा कम्पनीको मूल्य बढेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
हाइड्रोपावरको सूचक सबैभन्दा धेरै १.७१ प्रतिशतले घटेको छ। समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।
आज सर्वाधिक कारोबार हुने कम्पनीहरूमा नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रिइन्यस्योरेन्स कम्पनी र सीईडीबी होल्डिङ कम्पनी अग्रस्थानमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस