काठमाडौँ । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई थुनामा पठाउन आदेश गरिएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले बुधबार महरालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेका हुन् । अदालतकाे आदेशअनुसार उनलाई केन्द्रीय कारागार सुन्धारामा राखिएकाे छ ।
उनी सुन तस्करी प्रकरणमा पक्राउ परेका हुन् । सीआईबीको टोलीले उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको थियो ।
महराविरुद्ध गत सोमबार सुन तस्करसँग मिलेर आपराधिक लाभ लिएको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो ।
उनीसँग ८ करोड ५५ लाख बिगो र ३ वर्ष कैदसजाय माग दाबी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस