२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कृषि भूमिको संरक्षण आवश्यक छ : कृषिमन्त्री परियार

बिहिवार , आश्विन ३०, २०८२

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले खाद्य सुरक्षालाई राष्ट्रिय सुरक्षाकै रूपमा लिइने भएकाले कृषि भूमिको संरक्षण गर्नुपर्ने बताएका छन् ।

मन्त्री परियारले ४५औँ विश्व खाद्य दिवसका उपलक्ष्यमा आज एक सन्देश जारी गर्दै उपलब्ध भूमिको समुचित उपयोग गरी कृषि क्षेत्रलाई व्यावसायीकरण र आधुनिकीकरण गर्नुपर्ने बताए ।

भूमिको उत्पादन र उत्पादकत्व अभिवृद्धिमार्फत नागरिकमा खाद्य सुरक्षाको अनुभूत गराउनु आजको प्रमुख चुनौतीका रूपमा रहेको बताउँदै उनले यस वर्ष ‘स्वच्छ खाना र सुखद् भविष्यका लागि हातेमालो’ भन्ने नारासहित कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अगुवाइ र कृषि विभागको समन्वयमा ४५औँ विश्व खाद्य दिवसमा विभिन्न कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

मन्त्री परियारले विश्वव्यापी सहकार्यमा कुपोषण र भोकमरीजस्ता चुनौतीलाई सामना गर्न संयुक्त पहल र ऐक्यबद्धताका लागि विश्वव्यापी रूपमा हरेक वर्षको अक्टोबर १६ मा विश्व खाद्य दिवस मनाउने सन्दर्भमा नेपालमा पनि २०३८ सालदेखि हरेक वर्ष विश्व खाद्य दिवस मनाउने गरिएको बताए ।

मुलुकमा किसान परिवारको सङ्ख्या करिब ४१ लाख ३० हजार रहेकोमध्ये वर्षैभरि खान नपुग्ने किसान परिवारको सङ्ख्या करिब ५५ प्रतिशत रहेको सो सन्देशमा उल्लेख छ ।

विश्व भोकमरी सूचकाङ्कमा गत वर्ष ६८औँ स्थानमा रहेको नेपाल यस वर्ष ७२औँ स्थानमा छ । सन् २०३० सम्ममा करिब ६७ करोड मानिसहरू दीर्घकालीन रूपमा कुपोषित हुने अनुमान गरिएको सन्देशमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ