२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

अनुमतिविना माइतीघरमा प्रदर्शन गर्न पुगेका ७५ जना पक्राउ (तस्बिरहरु)

शनिवार , कार्तिक ८, २०८२

काठमाडौं । काठमाडौंको माइतीघरमा प्रर्दशन गर्न पुगेका जनेजी युनाइटेडका प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

आज (शनिबार) बिहानदेखि स्थानीय प्रशासनबाट अनुमति नलिइ काठमाडौँको माइतीघरमा प्रदर्शनका लागि पुगेका प्रदर्शनकारीहरुलाई नेपाल प्रहरीले हिरासतमा लिएको हो ।

स्थानीय प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजिएको र अन्य जेनजी समूहबीच सम्भावित मुडभेडबाट प्रदर्शनकारीकै असुरक्षा हुने देखिएकाले सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार हालसम्म नियन्त्रणमा लिइएकाहरूको सङ्ख्या ७५ जना पुगेको छ ।

माइतीघरमा विभिन्न जेनजी समूह तथा अन्य समूहले दिनहुँजसो प्रदर्शन गर्दै आइरहेका छन् । उनीहरूले सरकारलाई दबाब दिने उद्देश्यले प्रदर्शन जारी राखेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ