काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखरास्थित होटल वाटरफ्रन्टमा भव्य रूपमा “सिईओ क्लब सदस्य सम्मान कार्यक्रम” सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्व रहेको थियो ।
आर्थिक वर्ष २०८१/८२ मा बीमाशुल्क संकलन लक्ष्य पूरा गरी गण्डकी प्रदेशबाट योग्य ठहरिएका २२० जना अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख र शाखा प्रमुखहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सदस्यता प्रमाणपत्र र सम्मान प्रदान गरिएको थियो ।
मुख्य कार्यकारी अधिकृत खत्रीले पानसमा द्विप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । उनले गण्डकी प्रदेशबाट आफ्नो कोड तथा सञ्जालमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने अभिकर्ताहरुलाई विशेष सम्मान र पुरस्कार प्रदान गरे। साथै, नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरुलाई नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र र खादाले सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीले अभिकर्ता मैत्री योजनाहरू अघि सार्दै सिईओ क्लब सदस्यता योजना सञ्चालन गरेको बताए । उक्त योजनाअन्तर्गत हालसम्म नेपालभरका १,६०० भन्दा बढी अभिकर्ता छनोट हुन सफल भएको र यो योजना अत्यन्त सफल रहेको पनि उनको भनाइ थियो । साथै, कम्पनीले प्रदेशस्तरीय सम्मान कार्यक्रमहरू निरन्तर रूपमा आयोजना गर्दै लैजाने जानकारी दिए ।
समारोहमा चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक काजिम रजाले जीवन बीमा व्यवसायमा सफलता हासिल गर्न आवश्यक ज्ञान, आत्मविश्वास र सम्बन्ध विस्तारको महत्त्वबारे प्रशिक्षण प्रदान गरे। उनले धेरैभन्दा धेरै व्यक्तिसँग सम्पर्क विस्तार गरी बीमा पोलिसीबारे प्रभावकारी रूपमा प्रस्तुत हुन सक्ने क्षमताले अभिकर्तालाई सफल बनाउने बताए ।
सहभागी अभिकर्ताहरूले अन्तर्राष्ट्रिय प्रशिक्षकबाट प्रशिक्षण पाउँदा नयाँ उर्जा र प्रेरणा प्राप्त भएको बताउँदै भविष्यमा अझ व्यवसायिक रूपमा आफ्नो पेशालाई विस्तार गर्ने प्रतिबद्धता जनाएका थिए । साथै, प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्दा आफ्नो मेहनतको कदर भएकोमा गर्व र खुशी व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस