२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेप्से परिसूचक ३०.७५ अङ्कले बढ्यो

आइतवार , कार्तिक १६, २०८२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३० दशमलव ७५ अङ्कले बढेर दुई हजार ६३१ दशमलव १४ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव १८ प्रतिशतको वृद्धि हो ।

आज ३१९ कम्पनीको दुई करोड ९७ लाख ३८ हजार १३९ कित्ता शेयर ६८ हजार ११२ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब २० करोड ३१ लाख ४६ हजार ४२९ दशमलव ५१ को कारोबार भएको छ । आज व्यापार समूह एक दशमलव १० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा बढी वित्त समूह पाँच दशमलव १७ र जीवन बिमा समूह चार दशमलव ३५ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव २९, विकास बैंक शून्य दशमलव ९०, होटल तथा पर्यटन एक दशमलव २०, जलविद्युत् एक दशमलव १८, लगानी शून्य दशमलव ८०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ९६, लघुवित्त एक दशमलव ३८, म्युचुअल फण्ड शून्य दशमलव १०, निर्जीवन बिमा एक दशमलव ३३ र अन्य समूह एक दशमलव २३ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस फाइनान्स लिमिटेड, पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड, पिपुल्स पावर लिमिटेड र तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी चार दशमलव ७६ प्रतिशतले घटेको छ ।

कारोबार रमक र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी हिमालयन बैंक लिमिटेड प्रमोटरको शेयर रु एक अर्ब ६६ करोड ५० लाख ५९ हजार ७६ बराबरको एक करोड ४० लाख छ हजार २१७ कित्ता किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ