२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनपीएल सिजन २ : 'युनाईटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल'

शनिवार , कार्तिक २२, २०८२

काठमाडौं । एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा पनि ‘पावर्ड बाई’को साझेदारीलाई निरन्तरता दिएको छ । नेपाल क्रिकेट संघ (क्यान)सँगको सहकार्यमा एनसेलले सो साझेदारी घोषणा गरेको हो ।

क्रिकेट खेलले सबैलाई जोड्ने भएकाले यो भव्य महाउत्सवमा ‘युनाईटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थीमसहित एनसेलले सहकार्य गरेको हो । यही मंसिर १ गतेबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एनपिएलको दोस्रो संस्करण सुरु हुँदैछ । व्यावसायिक फ्रेन्चाइजमा आधारित टी–ट्वान्टी प्रतियोगिता एनपीएलमा गतवर्ष पनि एनसेल ‘पावर्ड बाई’ साझेदार रहेको थियो ।

यो प्रतियोगिताले नेपालको प्रदेशगत आ–आफ्नो स्थानीय र अन्तर्राष्ट्रिय खेलाडीहरुको अद्वितीय संयोजनका साथ क्रिकेट प्रतिभा प्रस्तुत गर्दैछन् । एनपीएलले एनसेलको खेलसँगको सम्बन्धलाई प्रतिबिम्बित गर्दछ र यो खेलकुद र नेपालसँगको अटुट सम्बन्धलाई उजागर गर्दछ । नेपाल र आम उपभोक्ताहरूलाई सधैं जोडिराख्ने एनसेलको दर्शन क्रिकेट तिविधिप्रतिको भावना र जोशसँग मेल खान्छ ।

एनपीएलसँगको सहकार्यबारे आफ्नो उत्साह व्यक्त गर्दै, एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने, “हालैका टी–ट्वान्टी प्रदर्शनले सबै नेपालीलाई गौरवान्वित बनाएको छ । आज क्रिकेट राष्ट्रको सबैभन्दा ठूलो आशा मात्र नभई, हामी सबैलाई एकतावद्ध राख्ने खेल पनि हो । त्यसैले क्रिकेटको यो भव्य महाउत्सवमा ‘युनाईटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थीमसहित ‘पावर्ड बाई’ पार्टनरको रूपमा सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं । फ्यानहरूलाई घर, बाटो, अफिस, काम, कार्यालय, देश वा विदेश जहाँ भए पनि एनसेलको कनेक्टिभिटीमार्फत उनीहरूलाई यस संस्करणको हरेक क्षणसँग जोडिरहनेछौं ।”

एनसेलको यो साझेदारी केवल नेपालमा खेल प्रतिभा प्रवद्र्धन गर्नका लागि मात्र सिमित नभई यस्ता प्रतियोगितालाई सफल बनाउने दर्शक र प्रशंसकहरूको लागि पनि हो । एनसेलले आफ्ना ग्राहकका लागि एनसेल एपमार्फत लाइभ एनपीएलका खेलहरु आफू जहाँ भएपनि हेर्न सकिने सुविधा पनि प्रदान गर्नेछ ।

“क्रिकेटको विकासका लागि हाम्रो सहकार्यलाई निरन्तरता दिँदै एनपीएल दोस्रो संस्करणमा पनि ‘पावर्ड बाई’ पार्टनरका रुपमा एनसेललाई पाउँदा हामी धेरै खुसी छौं । यो खेलले सबैलाई जोड्छ त्यसैले हामी उत्साहित छौं र तयारी पनि अन्तिम चरणमा पुगिसकेको छ । यस्तै सहकार्य र खेलहरुले नेपाली क्रिकेट र एनपीएललाई विश्वसामु स्थापित बनाउन ठूलो महत्व राख्दछ । खेलकुदको विकास र प्रवर्धनमा एनसेलको यो सहयोगका लागि नेपाल क्रिकेट संघ आभारी रहेको छ,” क्यानका सचिव पारस खड्काले भने ।

एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा, एनसेलले आफ्नो स्थापना कालदेखिनै नेपालमा खेलकुदको विकास र प्रतिभा विकासमा महत्वपूर्ण योगदान गर्दै आएको छ । कम्पनीले क्रिकेट, फुटबल, भलिबल, गल्फ तथा नेपालका पारा–खेलाडीहरूलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाउन सहयोग प्रदान गर्दै आएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ