२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

गरिमा विकास बैंकद्वारा १९औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु सम्पन्न

आइतवार , मंसिर ७, २०८२

काठमाडौं । प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रम सहित विविध संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु सम्पन्न गर्दै आईरहको गरिमा विकास बैंक लिमिटेडले आफ्नो उन्नाइसौँ वार्षिकोत्सवको अवसरमा मंसिर ७ गते देशका विभिन्न ८ स्थानमा बृहत रक्तदान कार्यक्रम र १९ स्थानमा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेको छ ।

विकास बैंकले सुनसरीको इटहरी, पर्साको बीरगञ्ज, चितवनको नारायणगढ, काठमाण्डौको बालुवाटार, कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा आयोजना गरेको बृहत रक्तदान कार्यक्रमबाट कुल ६०२ युनिट रगत संकलन भएको छ ।

विकास बैंकले १९औँ वार्षिकोत्सवको अवसरमा आज नै देशका विभिन्न १६ स्थानका विद्यालयहरुमा शैक्षिक सामाग्री, विद्यालय पोशाक, पानी फिल्टर मेसिन लगायतका सामग्री वितरण, श्री निस्कोट स्वास्थ्य चौकी, म्याग्दीलाई सरसफाई सामाग्री हस्तान्तरण, मातातिर्थ वृद्धाश्रम समिति, चन्द्रागिरी, काठमाडौंलाई खाद्यान्न सामाग्री हस्तान्तरण र सत्य साई राष्ट्रिय परिषद् नेपाल, चितवनलाई वाटर डिस्पेन्सर हस्तान्तरण समेत गरी १९ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु सम्पन्न गरेको छ ।

त्यसैगरी “स्वस्थ जीवनशैली का लागि खेलकुुद” भन्ने नाराका साथ विकास बैंकले मंसिर ६ गते गरिमा रोड रेस अन्तर्गतको दोश्रो संस्करण गरिमा रोड रेस २०८२ समेत सफलतापूर्वक सम्पन्न गरेको छ । जसमा १,००० भन्दा बढी धावकहरुको सहभागिता रहेको थियो ।

विकास बैंकले यस किसिमका सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरुलाई आगामी दिनमा समेत प्राथमिकतामा राखी निरन्तरता दिने तथा च्यबम च्बअभ प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ