२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेशनल फण्ड म्यानेजमेन्टले साधारण शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

आइतवार , मंसिर ७, २०८२

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले सर्वसाधारणका लागि जारी गरिने रु.१०० अंकित दरका २१,०६,००० कित्ताले हुन आउने रु. २१,०६,००,००० रकम बराबरको २०% प्रतिशत साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेकोे छ ।

उक्त शेयर निष्काशनका लागि नेशनल फण्ड म्यानेजमेन्टको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाई तथा सनराइज क्यापिटल लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच द्विपक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरिएको हो ।

नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ बमोजिम प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड, हेज फण्ड को कोष व्यवस्थापक भई संचालन गर्न इजाजत प्राप्त गरेको छ ।

साथै बुक बिल्डिङ्ग विधि मार्फत निष्काशित धितोपत्र को लागि योग्य संस्थागत लगानीकर्ता को रुपमा कार्य गर्नका लागि स्वीकृति समेत प्राप्त गरेको छ।

कम्पनी कोष व्यवस्थापक रही पूँजी संकलन कार्य सम्पन्न गरि विविधिकृत प्राइभेट इक्वीटी फण्डको रुपमा “नेशनल इक्वीटि फण्ड–१” र उर्जा क्षेत्र लक्षित प्राइभेट इक्वीटी फण्ड को रुपमा “नेशनल हाईड्रो फण्ड–२” संचालन गर्दै आएको छ।

क्रेडिट रेटिङ्ग संस्थाद्वारा CARE- NP BBB( Is) [Triple B (Issuer)] रेटिङ्ग प्राप्त यस नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडमा सरकारी संस्थाहरुको करिव २७% लगानी रहेको, विभिन्न बैँक, वित्तिय संस्था एवम् एन.आर.एन. हरुको लगानी रही विगत ३ वर्ष देखि लाभाँश वितरण गर्दै आएको छ।

.

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ