२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

डा. शर्माको काठमाडौं मेडिकल कलेजलाई प्रधानमन्त्रीद्वारा सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान

बिहिवार , मंसिर ११, २०८२

काठमाडाैं । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवस 2082 को अवसरमा नेपाली कांग्रेसका युवा नेता डा. सुनिल शर्माको काठमाडौं मेडिकल कलेज, सिनामंगललाई ‘सम्मान–पत्र’ प्रदान गरेको छ।

आ.व. २०७९/८० मा योजनामा आवद्ध श्रमिकहरूलाई निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्दै सबैभन्दा बढी योगदानकर्तालाई सेवा प्रदान गर्ने बागमती प्रदेशकै उत्कृष्ट स्वास्थ्य संस्थाको रुपमा काठमाडौं मेडिकल कलेज चयन भएको हो।

प्रधानमन्त्री सुशिला कार्कीद्वारा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र सञ्चालक समिति अध्यक्ष डा. कृष्णहरि पुष्करले संयुक्त रुपमा सम्मान–पत्र प्रदान गरेका हुन्।

''देश र जनता भन्दा कोही ठूलो छैन । देश र जनताको सवालमा पार्टी भन्दा माथी उक्लेर काम गर्नुपर्छ'' भन्ने मान्यतालाई आत्मसात गर्दै आएका तत्कालिन प्रतिनिधि सभामा सांसद पदमा रहँदा तलब–भत्ता नलिने एक मात्र व्यक्ति डा. सुनिल कुमार शर्माले सामाजिक र मानवीय जिम्मेवारी निर्वाह गर्दै गारिब निमुखा बिमारिको उपचारमा निरन्तर सहयोग गरिरहेका छन् ।

उनले हालै भदौ २३ र २४गते भएको जेन्जी आन्दोलनमा घाइते भएका सबैको नोबेल मेडिकल कलेज साथै काठमाडौँ मेडिकल कलेजमा निःशुल्क उपचार गरेका हुन्, उनले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्। यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ।

उनकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि समर्पित ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ। पार्टी वा पहिचानको आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पुर्‍याउने प्रतिबद्धता उनले जनाएका छन्।

हालै उनले मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन्, साथै देशका सात विभिन्न स्थानमा निजी पहलमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन्। उनका यी मानवीय कार्यहरूले “नेता भनेको जनताको साँचो अभिभावक हो” भन्ने सन्देशलाई बलियो बनाएका छन्

यस सम्मानले स्वास्थ्य सेवा, सामाजिक सुरक्षा अभियान तथा जिम्मेवार संस्थाको भूमिकामा काठमाडौं मेडिकल कलेजको प्रतिबद्धता झनै मजवुत भएको कोषले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ