२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

दार्चुला पावरको साधारणसभाद्वारा आइपिओ निष्काशन गर्ने प्रस्ताव पारित

शनिवार , मंसिर १३, २०८२

काठमाडाैं । दार्चुला पावर लिमिटेडको वार्षिक साधारणसभा मङ्सिर १२ गते शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ। साधारणसभाले आर्थिक वर्ष २०८१/८२ का वित्तीय विवरणदेखि प्रारम्भिक सार्वजनिक निष्काशन जारी गर्ने निर्णयसम्मका सबै सामान्य तथा विशेष प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको कम्पनीले जनाएको छ।

कम्पनी अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी हो र हाल दार्चुला जिल्लामा २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ। करिब ५६६ करोड रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना तीव्र गतिमा अगाडि बढिरहेको कम्पनीले बताएको छ।

साधारणसभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन विस्तृत छलफलपछि सर्वसम्मतिले पारित भएको छ। प्रतिवेदनमा आयोजनाको भौतिक प्रगति, आर्थिक व्यवस्थापन, सञ्चालनगत चुनौती तथा आगामी वर्षका रणनीतिक लक्ष्यहरू समेटिएका थिए।

तेस्तै, उक्त आर्थिक वर्षका वासलात, नाफा–नोक्सान, नगद प्रवाह विवरण लगायत सबै वित्तीय विवरणहरू पनि सभाले स्वीकृत गरेको छ। कम्पनीले वित्तीय शिस्त, लागत नियन्त्रण र आयोजना–केन्द्रित खर्च व्यवस्थापनमा देखाएको पारदर्शिताको सभामा प्रशंसा गरिएको थियो।

कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ।

दार्चुला पावर लिमिटेडले आफ्ना साधारण सेयरहरूको प्रारम्भिक सार्वजनिक निष्काशन जारी गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ।

यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरी आइपिओ निष्काशन प्रक्रियालाई अगाडि बढाइसकेको प्रबन्ध निर्देशक शास्वत चालिसेले सभामा जानकारी दिएका हुन्।

आइपिओ अघि कम्पनीको अधिकृत पूँजी तथा जारी पूँजी वृद्धि गर्ने, र त्यहीअनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्तावहरू पनि सभाले अनुमोदन गरेको छ।

सभामा बोल्दै कम्पनीका संचालक सञ्जीव न्यौपानेले मध्य चमेलिया जलविद्युत आयोजनाले हालसम्म उत्कृष्ट प्रगति हासिल गरेको उल्लेख गर्दै कम्पनीले अवलम्बन गरेको रणनीति र व्यवस्थापन क्षमता निकै प्रभावकारी भएको बताए।

उनका अनुसार, निर्माण गति, ठेक्का व्यवस्थापन, सामग्री आपूर्ति, स्थानीय समन्वय र वित्त व्यवस्थापनको संयोजनका कारण आयोजनालाई तोकिएको समयभन्दा अगावै सम्पन्न गर्ने लक्ष्य कम्पनीले सेयरधनीहरूलाई विश्वस्त गराएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ