२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

राष्ट्रियस्तरको विकास बैंकद्वारा उपमहाप्रबन्धक पदका लागि दरखास्त आह्वान

शुक्रवार , मंसिर १९, २०८२

काठमाडौं । काठमाडौंस्थित केन्द्रीय कार्यालय रहेको एक अग्रणी राष्ट्रियस्तरको विकास बैंकले Chief Credit Officer (Deputy General Manager) पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले योग्य तथा अनुभवी नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो ।

आवेदकसँग न्यूनतम १५ वर्षको बैंकिङ अनुभव हुनुपर्ने बैंकले जनाएको छ । जसअन्तर्गत कम्तीमा ५ वर्ष कर्पोरेट तहको क्रेडिट अनुभव अनिवार्य रहेको छ । साथै, राष्ट्रियस्तरको विकास बैंकको एक तह मुनिको पद वा ‘क’ वर्गको वाणिज्य बैंकको दुई तह मुनिको पदमा कम्तीमा २ वर्ष निरन्तर सेवा अनुभव आवश्यक हुने जनाइएको छ ।

व्यवस्थापन, अर्थशास्त्र वा सम्बन्धित विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको वा चार्टर्ड एकाउन्टेन्ट (सीए) उत्तीर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार इच्छुक उम्मेदवारहरूले आफ्नो अद्यावधिक बायोडाटा (सीभी) सहित [email protected] मा आवेदन पठाउन सक्नेछन् ।

आवेदन दिने अन्तिम मिति डिसेम्बर १२, २०२५ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ