२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सालपा विकास बैंकबाट ‘एससीटी युनियनपे’ कार्ड सेवा सुरु

बिहिवार , मंसिर २५, २०८२

काठमाडौं । सालपा विकास बैंक लिमिटेडले ‘एससीटी युनियनपे’ कार्ड सेवा सुरु गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले सञ्चालन गर्दै आएको एससीटी युनियनपे कार्डको सेवा नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त बैंक सालपा विकासले सुरु गरेको छ ।

यहि मंसिर १६, २०८२ देखि सालपा विकास बैंकका ग्राहकहरूले बैंकमा गएर सजिलै एससीटी युनियनपे कार्ड प्राप्त गर्न सक्ने भएका छन् । यस सुविधाको सुरुवातले ग्राहकहरूलाई डिजिटल भुक्तानीको प्रक्रिया अझ सहज, सुलभ र सुरक्षित हुने विश्वास रहेको छ ।

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत क्ऋत्(ग्लष्यलएबथ कार्ड जारी गर्दै आइरहेको छ । एससीटीले आफ्नै कार्ड स्विचिंग संरचना स्मार्ट स्विच मार्फत एससीटी युनियनपे कार्ड र भिसा कार्ड जारी गर्ने तथा भिसा, रुपे, मास्टरकार्ड तथा डिस्कभर कार्ड स्वीकार गरी कार्ड मार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ ।

विगत दुई दशकदेखि नेपालभरी सुरक्षित सरल र भरपर्दो भुक्तानी सेवा दिँदै आएको एससीटी नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किम हो । एससीटीले कार्ड सेवाका अतिरिक्त विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई स्मार्ट क्यूआर, स्मार्ट पे–आईबीएफटी

(अन्तर बैंक भुक्तानी सेवा), स्मार्ट बैंकिङ् मोबाइल बैंकिङ्ग लगायतका सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ