२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

तरलता व्यवस्थापनका लागि बजारबाट २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

बुधवार , पौष ९, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज बजारबाट २५ अर्ब निक्षेप खिच्दैछ । १६ दिनका लागि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत निक्षेप खिच्न लागेको हो ।

यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव मागेको छ। बुधबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ। बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ पुष २५ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

अहिले कुल निक्षेप ७५ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ ।

राष्ट्र बैंकले साँवा तथा ब्याज पुस २५ गते भुक्तानी गर्नेछ। राष्ट्र बैंकले यसअघि निक्षेप संकलन उपकरणमार्फत खिचेको ६ खर्ब ६५ अर्ब ३५ करोड रुपैयाँ परिपक्व हुन बाँकी छ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ