काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले नेपालमा पहिला भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने बताएका छन् ।
शुक्रबार सुनौलो नेपालले चितवनको भरतपुरमा आयोजना गरेको भरतपुर कन्क्लेभ कार्यक्रममा बोल्दै उनले नेपाल जस्तो अविकसित, अल्पविकसित देशमा विकाशका मोडलमा पहिला भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘हाम्रो उपयुक्त विकाश मोडल भौतिक पूर्वाधार निर्माण हो । सरकारले भौतिक पूर्वाधारमा यातायात, सडक, हवाई यातायात, उर्जा, विद्युत आपुर्ति, सञ्चार लगायत पूरा गर्यो भने निजी क्षेत्रले लगानी गर्छ, उद्योग खोल्छन्, रोजगार बढ्छ, उत्पादन् बढ्छ, कृषिमा आधुनिकीकरण हुन्छ र बजारीकरण पनि पाउँछ ।’
त्यस्तै, उनले देशका अन्य ठाउँ भन्दा भरतपुर महानगरले विकाशमा छलाङ मारेको बताए । यसले गर्दा उद्योग खोल्न, ब्यापारिक केन्द्र बनाउन भरपुर एकदमै केन्द्र बनेको पनि उनले बताए । यो सबै यहाँको भौतिक पुर्वाधारको विकाशले सम्भव भएको पूर्वउपाध्यक्ष श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस