काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले नेपालको समग्र मोडलमा विकाशमात्र होइन समानुपातिक विकाश हुनुपर्ने बताएका छन् ।
शुक्रबार सुनौलो नेपालले चितवनको भरतपुरमा आयोजना गरेको भरतपुर कन्क्लेभ ‘भरतपुरको विकास मोडेल’ कार्यक्रममा बोल्दै उनले सम्बृद्धिमा जानु अगाडी सुशासनमार्फत सामाजिक न्यायसमेतको सम्बृद्धि गर्नुपर्छ भन्ने अवधारणा आएको पनि बताए ।
उनले सिमित स्रोत साधनमा देशका अन्य ठाउँ भन्दा भरतपुर महानगरमा राम्रो काम भएको बताए । उनले यहाँ धनी र गरिवबीचको खाडल बढ्न नदिनेगरी समानुपातिक विकाश भएको बताए ।
त्यस्तै, उनले देशले विकाशमा जति फड्को मारेको छ त्यो भन्दा बढी समानुपातिक समानतामा फड्को मारिएको बताए । साथै, उनले संसारको धनि र गरिवबीचको दुरीमा नेपालमा अहिलेसम्म सन्तोषप्रद रहेको बताए ।
सुनौलो नेपालले भरतपुर महानगरपालिकाको सहकार्यमा आज चितवनको भरतपुरमा ‘भरतपुर कन्क्लेभ’ को आयोजना गरेको हो । भरतपुरस्थित होटल सिराइचुलीमा भएको उक्त कार्यक्रम भरतपुरको विकास मोडल, पर्यटन प्रवर्द्धन र मेडिकल हबका रूपमा यसको भविष्यका सम्भावनामा केन्द्रित रहेको छ ।
तीन वटा प्यानलमा विभाजित कार्यक्रममा भरतपुरको विकास मोडल, पर्यटन प्रवर्द्धन र मेडिकल हबका रूपमा यसको भविष्यका सम्भावनामा केन्द्रित रहेको छ ।
प्रतिक्रिया दिनुहोस