२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मेडिकलसिटीलाई ठ्याक्कै यही हो भन्न सकिन्न, तर यो सबैभन्दा राम्रो अवसर हो : डा. अधिकारी

शुक्रवार , पौष १८, २०८२

काठमाडौं । भरतपुर हस्पिटलका पूर्वअध्यक्ष तथा पुष्पान्जली हस्पिटलका प्रमुख विशेषज्ञ फिजिसियन डा. भोजराज अधिकारी मेडिकलसिटीलाई ठ्याक्कै यही नै हो भन्न नसकिने बताएका छन् ।

शुक्रबार सुनौलो नेपालले चितवनको भरतपुरमा आयोजना गरेको भरतपुर कन्क्लेभ कार्यक्रममा बोल्दै उनले मेडिकलसिटीलाई ठ्याक्कै यही नै हो भन्न नसकिने तर यो सबैभन्दा राम्रो अवसर भएको बताए ।

उनले भने, ‘आजसम्म मेडिकलसिटीलाई ठ्याक्कै यही नै हो भन्न सकिन्न तर यो सबैभन्दा राम्रो अवसर हो र भरतपुरले पनि यसलाई यसरी नै बुझेको छ, त्यसैले भरतपुरलाई मेडिकलसिटी भन्छौँ ।’

त्यस्तै उनले मेडिकलसिटी हुनका लागि बेसिक पहिचान हुनुपर्ने बताए । यसका लागि सैद्धान्तिक पोइन्टहरु महत्वपूर्ण भएको उनले बताए । उनका अनुसार सेवा, मेडिकल शिक्षा, आरएनडी–रिसर्च र डेपलपमेन्ट, सहयोगी वातावरण, जनसमुदायबाट आउने राम्रो इच्छालगायत मेडिकलसिटी हुनका लागि सैद्धान्तिक पोइन्टहरु हुन् ।

सुनौलो नेपालले भरतपुर महानगरपालिकाको सहकार्यमा आज चितवनको भरतपुरमा ‘भरतपुर कन्क्लेभ’ को आयोजना गरेको हो । भरतपुरस्थित होटल सिराइचुलीमा भएको उक्त कार्यक्रम भरतपुरको विकास मोडल, पर्यटन प्रवर्द्धन र मेडिकल हबका रूपमा यसको भविष्यका सम्भावनामा केन्द्रित रहेको छ ।

तीन वटा प्यानलमा विभाजित कार्यक्रममा भरतपुरको विकास मोडल, पर्यटन प्रवर्द्धन र मेडिकल हबका रूपमा यसको भविष्यका सम्भावनामा केन्द्रित रहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ