काठमाडौं । ओम मेघा श्री फर्माटिकल्सका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले भरतपुरलाई कसरी मेडिकलसिटी बनाउन सकिन्छ भन्ने नै आजको उद्देश्य भएको बताएका छन् ।
शुक्रबार सुनौलो नेपालले चितवनको भरतपुरमा आयोजना गरेको भरतपुर कन्क्लेभ कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘हिजो हामीले मेडिकल हवको कुरा गरेका थियौँ । यहाँ निश्चित औषधि उद्योगहरु थिए । औषधिकै हेर्दा काठमाडौं ४५ प्रतिशत र देशभरीमा अन्य ५५ प्रतिशत खपत भएको अवस्था थियो । तर अहिले अन्य क्षेत्रलाई छोडेर भरतपुरले दोस्रो स्थान ओगट्न सफल भएको छ ।’
भरतपुरमा भएको सरकारी अस्पतालले उत्कृष्ट भूमिका खेलेको कारण यहाँ प्रदान गरिएको सेवा उत्कृष्ट उन्मूख भएको उनले बताए । साथै यसलाई अझ उत्कृष्ट बनाउन थप कार्य गर्नुपर्ने उनले बताए ।
त्यस्तै, उनले औषधिमा कलिटी हुनुपर्छ भनेपनि त्यस्तो नभएको भन्दै यसमा नियमन हुनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस