काठमाडौं । व्यवसायीक संस्था माया ग्रुपले बिभिन्न ९ खेलाडीहरुसँग प्रायोजन सम्झौता गरेको छ ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच क्रिकेट खेलाडीहरुको प्रतिभालाई थप परिस्कृत गर्ने उदेश्यका साथ ९ खेलाडीहरुसँग प्रायोजन सम्झौता गरेको माया ग्रुपले जनाएको छ ।
नेपाली राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी, भीम सार्की, गुलशन झा, नन्दन यादव, अर्जुन साउद, रिजन ढकाल, प्रसिद्ध जैसी, सुशील रावल र नेपाली यू–१९ महिला क्रिकेट टोलीकी उपकप्तान सोनी पाख्रिनसँग माया ग्रुपले प्रायोजन सम्झौता गरेको हो ।
खेलाडीहरुलाई सहयोग र समर्थन गर्ने उदेश्यका साथ प्रायोजन सम्झौता गरिएको माया ग्रुपका निर्देशक राज पाण्डेले जानकारी दिए ।
व्यवसायसँगै नेपाली क्रिकेट र खेलकुदमा दीर्घकालिन योजनाहरू बनाएर सहयोग गर्दै आएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस