२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

जेनजी आन्दोलन घटनाको बयानका लागि जाँचबुझ आयोगले केपी ओलीलाई पठायो पत्र

आइतवार , पौष २०, २०८२

काठमाडौँ । जेनजी आन्दोलन घटना जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ ।

गत भदौ २३–२४ गते भएको जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले आइतबार ओलीलाई बयानका लागि पत्र पठाएको हो ।

आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेको छ ।

त्यस्तै, आयोगले सुरक्षा निकायका प्रमुखहरू, काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारीलगायतसँग पनि बयान लिइसकेको छ ।

केपी ओलीले भने सार्वजनिक रुपमै आफू बयान दिन नजाने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ