काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट खेल्ने नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।
क्यानले आइतबार इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।
यही जनवरी १२ देखि फेब्रुअरी १ सम्म काठमाडौंमा आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता हुनेछ ।

प्रतिक्रिया दिनुहोस