२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

जेनजी आन्दोलनको जाँचबुझ आयोगले लियो केपी ओलीको बयान

आइतवार , पौष २०, २०८२

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन घटनाको छानबिनका लागि बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिएको छ ।

जाँचबुझ आयोग स्रोतका अनुसार आइतबार आयोगले उनको स्टेटमेन्ट लिएको हो । आयोगको टोली गुण्डुस्थित ओली निवास पुगेर बयान लिएको हो ।

आयोगको टोलीले आजै उनलाई पत्र काटेको थियो । पत्र बुझेपछि ओली आफ्नो भनाई राख्न तयार भएका हुन् । ओलीले लिखित रुपमा नै आफ्नो दृष्टिकोण र जवाफ दिएका हुन् ।

यसअघि ओलीले आयोगलाई बयान दिन नजाने बताउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ