२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

टी–२० विश्वकपको माहोलमा माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार

मंगलवार , पौष २९, २०८२

काठमाडौं । विश्वकै अग्रणी स्मार्ट होम अप्लायन्स ब्रान्ड माइडिया (Midea) ले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विशेष उपभोक्ता योजनाअन्तर्गत पहिलो चरणका विजेता सार्वजनिक गरेको छ ।

उपभोक्तालाई अत्याधुनिक घरेलु प्रविधिसँगै अन्तर्राष्ट्रिय खेलकुदको रोमाञ्चसँग जोड्ने उद्देश्यले देशभर सञ्चालन गरिएको ‘Buy. Win. Fly.’ क्याम्पेनअन्तर्गत भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार पहिलो चरणका विजेता दिवस लामिछाने हुन् । उनले CG Digital, काठमाडौँबाट Midea ब्रान्डको Electric Kettle खरिद गरी उक्त क्याम्पेनमा सहभागिता जनाएका थिए ।

यस योजनाअन्तर्गत विजेताले ४ रात ५ दिनको मुम्बई यात्रा सहित ऐतिहासिक वानखेडे स्टेडियममा नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन् । यात्रासम्बन्धी हवाई टिकट, होटल बसाइ, म्याच टिकट तथा आवश्यक सम्पूर्ण खर्च माइडिया नेपालले नै व्यहोर्ने जानकारी दिएको छ ।

यसै क्याम्पेनअन्तर्गत माइडियाले उपभोक्ताका लागि आकर्षक सुविधा तथा अफरहरू पनि उपलब्ध गराएको जनाएको छ । कम्पनीका अनुसार नागरिताको आधारमा सरल EMI सुविधा, पुरानो सामान साटेर नयाँ किन्न सकिने Exchange सुविधा, तथा Washing Machine खरिद गर्दा Ariel डिटर्जेन्ट निःशुल्क उपलब्ध गराइएको छ ।

सीमित अवधिका लागि सञ्चालन गरिएको यस योजनामा अझै थुप्रै विजेता बन्ने अवसर बाँकी रहेको कम्पनीले जनाएको छ । माइडियाले उपभोक्तालाई नजिकको आधिकारिक बिक्रेताबाट उत्पादन खरिद गरी समयमै क्याम्पेनमा सहभागिता जनाउन आग्रह गरेको छ ।

सहभागी हुनका लागि SMS गर्न सकिन्छ : कम्पनीका अनुसार Midea [space] Warranty Card No. [space] Product Name [space] Customer Name [space] Address र 31003 मा SMS पठाउन सकिन्छ ।

CG Electronics अन्तर्गत नेपालमा सञ्चालन हुँदै आएको माइडिया ब्रान्डले वासिङ मेसिन, रेफ्रिजेरेटर, भ्याकुम क्लिनर, चिम्नी, माइक्रोवेभ ओभन लगायतका होम अप्लायन्स उत्पादनहरू मार्फत उपभोक्तामाझ बलियो विश्वास कायम गर्दै आएको छ । आधुनिक प्रविधि, गुणस्तर र सेवा सञ्जालका कारण माइडियाका यी उत्पादनहरू नेपाली बजारमा लोकप्रिय बन्दै गएको CG Electronics ले जनाएको छ । कम्पनीद्वारा तोकिएका सर्त तथा नियमहरू लागू हुनेछन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ