२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एन्फाको आयोजनामा बुधबारदेखि काठमाडौंमा राष्ट्रिय लिग फुटबल सुरु हुँदै

मंगलवार , पौष २९, २०८२

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा बुधबारदेखि काठमाडौंमा राष्ट्रिय लिग फुटबल सुरु हुँदैछ ।

काठमाडौंको त्रिपुरेश्वरस्थीत दशरथ रङ्गशालामा हुने राष्ट्रिय लिग फुटबलको सम्पूर्ण तयारी पुरा भएको एन्फाले जनाएको छ । लिगमा १७ क्लबको सहभागिता रहनेछ भने बुधबार हुने उद्घाटन खेलमा काँक्रेबिहार युवा क्लब र फ्रेन्ड्स क्लबबिच प्रतिस्पर्धा हुनेछ । त्यस्तै बुधबार नै हुने दोश्रो खेलमा श्री भगवती क्लव र चर्च व्वाईज युनाइटेडबीच प्रतिष्पर्धा हुनेछ ।

राष्ट्रिय लिग फुटबल लागि आफुहरुले तयारी गरिसकेको र राम्रो नजिता ल्याउन क्लवका प्रशिक्षक र कप्तानहरुले जनाएका छन् । प्रतियोगिता अघि एन्फा कम्प्लेक्स सातदोवाटामो आयोजित प्रिम्याच कन्फ्रेन्समा उनीहरुले नेपाली घरेलु लिग चलायमान हुन लागेकोमा खुसी व्यक्त गर्दै आफ्नो टीमको योजना सुनाएका थिए ।

राष्ट्रिय लिगमा ए–डिभिजन क्लबहरु चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र क्लब, पुलिस क्लब, जावलाखेल युथ क्लब, सातदोबाटो युथ, एनआरटी, त्रिभुवन आर्मी क्लब, मनाङ मस्र्याङ्दी क्लब, सङ्कटा क्लब, फ्रेन्ड्स क्लब, एपिएफ क्लब, प्लानिङ ब्वाइज युनाइटेड र श्री भगवती क्लब सहभागी हुँदैछन् । त्यस्तै, एन्फा प्रेसिडेन्ट कपबाट छनोट भएका लालीगुराँस एशोसियनस, चित्लाङ क्लब, नव जनजागृति क्लब र काक्रेविहार स्पोट्र्स क्लब सहभागी हुँदैछन् । लिगको विजेता टोलीले ५० लाख रुपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ