काठमाडौं । आइसीसी टी–२० विश्वकपअघि नेपालले श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने भएको छ ।
विश्वकपको तयारीस्वरुप श्रीलंका र भारतमा छुट्टाछुट्टै अभ्यास खेलका साथै प्रतियोगिता पनि हुन लागेको हो ।
श्रीलंका ‘ए’ सँग जनवरी २०, २२ र २४ मा टी–२० प्रतिस्पर्धा हुने भएको छ । त्यसअघि १९, २१ र २३ जनवरीमा श्रीलंकामै तीन वटा अभ्यास खेल खेल्नेछ ।
भारतको मुम्बई क्रिकेट एशोसियसन प्रेसिडेक्ट ११ टिमसँग दुई वटा टी–२० खेल्ने छ । मुम्बइको क्रिकेट क्लब अफ इन्डिया (सिसिआई)मा २९ र ३१ जनवरीमा खेल हुनेछ । सोही मैदानमा २७ र २८ मा भने अभ्यास खेल हुने नेपाल क्रिकेट संघले जनाएको छ ।
आगामी ७ फेब्रुअरीदेखि भारत र श्रीलंकामा टी–२० विश्वकप हुँदैछ ।


प्रतिक्रिया दिनुहोस