२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मौलाकाली र लुम्बिनी केवलकारबीच सम्झौता, सेवाग्राहीलाई २० प्रतिशत छुट पाइने

सोमवार , माघ ५, २०८२

काठमाडौं । मौलाकाली केवलकार र लुम्बिनी केवलकारका सेवाग्राही ग्राहकहरुलाई छुट दिने सम्झौता भएको छ । जस अनुसार एउटा केवलकारको यात्रा गरेका सेवाग्राहीले अर्को केवलकारको यात्रामा छुट पाउने भएका छन् ।

मौलाकाली केवलकारका स्टेशन म्यानेजर सुरज पौडेल र लुम्बिनी केवलकारका म्यानेजर प्रज्वल घिमिरेले यस सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब एउटा केवलकारको यात्रा गरेका सेवाग्राही यात्रुले अर्को केवलकारमा यात्रा गर्दा २० प्रतिशत छुट पाउने छन् । अघिल्लो यात्राको टिकट देखाएर उक्त छुट प्राप्त गर्न सकिने मौलाकाली केवलकारका स्टेशन म्यानेजर सुरज पौडेलले बताए ।

“हाललाई टिकट देखाएरै छुट प्राप्त गर्न सक्नुहुन्छ, यसलाई अझै व्यवस्थित र सहज कसरी गर्न सकिन्छ भनेर हामीले सोचिरहेका छौं”, पौडेलले भने । यो छुटले लुम्बिनी र मौलाकाली दुबैतर्फका सेवाग्राही लाभान्वित हुनेछन । आइएमई समूहद्वारा प्रवर्धित यी दुवै केवलकारबीचको यो सम्झौता आपसी सहकार्यको राम्रो नमूना भएको पौडेलको भनाई छ ।

एकले अर्को गन्तव्यको प्रवृर्धन गर्ने यो संस्कृतिले पर्यटन प्रवृर्धनमा पनि राम्रो टेवा पुग्ने लुम्बिनी केवलकारका म्यानेजर प्रज्वल घिमिरेले बताए । एक अर्काका यात्रु सेवाग्राहीलाई दिईने यो छुट सुविधा अघिल्लो केवलकारको टिकट काटेको मितिले ३ महिनासम्म प्राप्त गर्न सकिने घिमिरेले बताए ।

मौलाकाली केवलकार नवलपुरको गैंडाकोटमा अवस्थित छ जहाँबाट १५ औं शताब्दीदेखिको इतिहास बोकेको प्रसिद्ध मौलाकालिका मन्दिर पुग्न सकिन्छ भने लुम्बिनी केवलकार बुटवलको गोलपार्कमा अवस्थित छ जहाँबाट पाल्पाको वसन्तपुर डाँडामा अवस्थित माँ कामाख्या मन्दिर पुग्न सकिन्छ ।

मौलाकाली केवलकारको टप स्टेशनमा सुविधासम्पन्न होटल संचालित छ भने वसन्तपुरमा पनि १५० कोठा सहितको अति सुविधासम्पन्न होटल निर्माण हुने चरणमा छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ