विराटनगर । हिसान मोरङको आयोजनामा माघ १० देखि १७ गते सम्म विराटनगरमा स्पोर्टस् मिट हुने भएको छ ।
प्रतियोगिताको उद्घाटन माघ १० गते शहिद रंगशाला विराटनागरमा हुने जनाईएको छ । १२ औं संस्करणको हिसान मोरङ स्पोर्टस् मिटमा मोरङका ३२ वटा स्कुल/कलेजका ३२ हजार विद्यार्थीहरु सहभागी हुने हिसान मोरङले जानकारी दिएको छ ।
स्पोर्टस् मिटमा महिला तथा पुरुष फुटवल, भलिवल, पुरुष क्रिकेट, पुरुष बास्केटवल, पुरुष कवड्डी, महलिा तथा पुरुष टेवल टेनिस सिंगल, डवल, लामो तथा छोटो दुरीको दौडका इभेन्टहरु सञ्चालन हुने हिसान मोरङका अध्यक्ष अमित ढकालले जानकारी दिए ।
२०६५ सालमा नेपालमै पहिलो पटक हिसानले मोरङमा स्पोर्टस् मिट शुरु गरेको अध्यक्ष ढकालले बताए । उनका अनुसार हरेक वर्ष प्रतियोगिता माघ १० देखि १६ गते सम्म सञ्चालन हुँदै आएकोमा यस वर्ष माघ १० देखि १७ सम्म हुने छ । स्पोर्टस् मिटका अवसरमा कक्षा ११ को बार्षिक परीक्षामा प्रथम हुने प्रतियोगितामा सहभागी ३२ वटै स्कुल, कलेजका एक÷एक जना छात्र छात्राहरुलाई नगद ५/५ हजार र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष ढकालले जानकारी दिए ।
प्रतियोगिता अन्र्तगत फुटबलमा २४, भलिवलमा २० टिम सहभागी हुने छन् । फुटबल, भलिवल, क्रिकेट लगायत सवै खेलमा विधा अनुशारको उपाधि प्रदान गरिने हिसान मोरङका सचिव भुवन नेपालले बताए । उनका अनुसार क्रिकेटका खेलहरु माघ १० गते देखि विराटनगर जुट मिल क्रिकेट मैदान, फुटबलका खेल माघ ११ देखि सहिद रंगशाला, भलिबल, कवड्डी, बाँस्केटवल माघ १२ गते देखि डिपीएस खेल मैदान, टेवल टेनिसका खेल कवर्डहलमा सञ्चालन हुने छन् ।
फुटबलको फाइनल खेल र समापन कार्यक्रम फ्लडलाईटमा आयोजना हुने सचिव नेपालले बताए । उनले भने,‘ स्पोर्टस् मिट आयोजनाबाट हरेक वर्ष एक न एक जना राष्ट्रिय खेलाडी उत्पादन हुँदै आएको छ ।’
स्पोर्टस् मिट आयोजनामा करिव ३० लाख खर्च हुने आयोजकको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस