२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पूजा महतोको अर्धशतकमा नेपालद्वारा जिम्बाब्वे पराजित

शनिवार , माघ १०, २०८२

काठमाडौँ । पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोटमा पहिलो जित दर्ता गराएको छ ।

र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले जिम्बाब्वेलाई ६ विकेटले हराएको हो ।

जिम्बाब्वेले दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा पूजाले सर्वाधिक ५२ रनको योगदान दिइन् । उनले ५० बलमा चार चौका र दुई छक्कासहित ५२ रन बनाएकी हुन् ।

कप्तान इन्दु वर्माले २२, विन्दु रावलले १५ तथा सीता रानामगरले ११ रनको योगदान गरेका थिए ।

प्रतियोगितामा जिम्बाब्वेका लागि जोसेफाइन एनकोमोले दुई तथा नोमभेलो सिबान्दा र क्रिस्टाबेल चातोन्ज्वाले समान एक एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ