काठमाडौं । बंगलादेशले भारतमा आएर नखेल्ने अडान राखेपछि आईसीसीले आगामी महिनाबाट भारत र श्रीलंकामा हुने आइसीसी टी–२० विश्वकप क्रिकेट २०२६ बाट बंगलादेशलाई हटाएको छ ।
आईसीसीले बंगलादेशको ठाउँमा स्कटल्याण्डलाई अवसर दिएको छ ।
बीसीबीले निरन्तर भारतमा खेल्न नजाने र आफ्ना खेलहरू भारतबाहिर श्रीलंकामा सार्न माग गर्दै आएको थियो । आईसीसीले पनि विश्वकप पूर्वनिर्धारित तालिका अनुसार नै अगाडि बढ्ने बताएको थियो । तर बंगलादेश आफ्नो निर्णयबाट पछि नहटेपछि आईसीसीले बंगलादेशलाई हटाएको हो ।
यससँगै, बंगलादेश नखेलेको अवस्थामा हाल विश्वकपमा खेल्नेबाहेक सबैभन्दा माथिल्लो वरियतामा रहेका आधारमा स्कटल्यान्डले खेल्ने मौका पाएको हो ।
भारत र बंगलादेशको विवाद कोलकाता नाइट राइडर्स (केकेआर) ले बंगलादेशका तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई आईपीएल २०२६ को टोलीबाट हटाएपछि सुरुआत भएको हो ।
प्रतिक्रिया दिनुहोस