२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

महाराष्ट्रको बारामतीमा उपमुख्यमन्त्री अजित पवार सवार विमान दुर्घटनाग्रस्त, पवार गम्भीर घाइते

बुधवार , माघ १४, २०८२

काठमाडौं । भारतको महाराष्ट्र राज्यको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड विमान दुर्घटनाग्रस्त भएको छ । बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

दुर्घटनामा उपमुख्यमन्त्री पवार गम्भीर घाइते भएका छन् । उनी जिल्ला परिषद् निर्वाचनसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन बारामती जाँदै थिए । विमानमा अजित पवारसँगै उनका निजी सहायक, सुरक्षाकर्मी तथा विमानका कर्मचारी सवार थिए । दुर्घटनामा विमानमा रहेका सबै व्यक्ति घाइते भएको जनाइएको छ ।

प्रारम्भिक विवरणअनुसार विमान अवतरणको प्रयासकै क्रममा रनवेमा नियन्त्रण गुमाएर दुर्घटना भएको हो । यो घटना ‘क्र्यास ल्यान्डिङ’ का कारण भएको हो वा प्राविधिक खराबीका कारण दुर्घटना भयो भन्ने विषयमा भने अहिलेसम्म आधिकारिक पुष्टि हुन सकेको छैन ।

दुर्घटनास्थलबाट सार्वजनिक भएका तस्बिर तथा भिडियोमा विमानमा आगलागी भएको र बाक्लो धुवाँ आकाशतर्फ उडिरहेको देखिन्छ । विमानका जलेका टुक्रा रनवे आसपास छरिएका छन् । दुर्घटनापछि विमानस्थल क्षेत्रमा अफरातफरी मच्चिएको थियो ।

घटनापछि ठूलो संख्यामा स्थानीय बासिन्दा, उद्धार टोली, दमकल, एम्बुलेन्स तथा मेडिकल टोली घटनास्थलमा खटिएका छन् । घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि नजिकको अस्पतालमा लगिएको छ । उपमुख्यमन्त्री पवारको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

दुर्घटनाको कारण पत्ता लगाउन सम्बन्धित निकायले अनुसन्धान सुरु गरिसकेको छ । घटनासम्बन्धी थप विवरण क्रमशः सार्वजनिक हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ