काठमाडौं । भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा मृत्यु भएको छ । बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा निजी चार्टर्ड विमान रनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त हुँदा उनको ज्यान गएको हो ।
हिन्दुस्तान टाइम्सका अनुसार पवारका सहयोगीले उनको मृत्युको पुष्टि गरेका छन् । दुर्घटनाको समयमा विमानमा पाँच जना यात्रु सवार थिए ।
नेशनलिस्ट कांग्रेस पार्टी (एनसीपी) का नेता अजित पवारसँगै विदिप जाधव, पिंकी माली, सुमित कपुर र शम्भवी पाठक पनि विमानमा सवार थिए । दुर्घटनामा पवारसहित सबैको मृत्यु भएको जनाइएको छ ।
पवारका निकट सहयोगी किरण गुजरका अनुसार उपमुख्यमन्त्रीसहित छ जनाको शव अस्पताल ल्याइएको छ ।
हिन्दुस्तान टाइम्सका अनुसार ६६ वर्षीय पवार जिल्ला परिषद् निर्वाचनअघि चारवटा सार्वजनिक सभालाई सम्बोधन गर्न बारामती जाँदै थिए । दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान सुरु गरिएको छ ।
प्रतिक्रिया दिनुहोस