२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

टी–२० विश्वकप २०२६ः भारतविरुद्ध खेल नखेल्ने पाकिस्तानको निर्णयप्रति आइसीसीको आपत्ति

सोमवार , माघ १९, २०८२

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले आइसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत भारतविरुद्धको खेल नखेल्ने पाकिस्तान सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । पाकिस्तान सरकारले राष्ट्रिय टोलीलाई विश्वकपमा सहभागी हुन अनुमति दिए पनि फेब्रुअरी १५ मा तय भएको भारतसँगको खेलमा मैदानमा नउत्रने निर्णय गरेको थियो ।

आइसीसीले यस निर्णयलाई ‘छनोटमूलक सहभागिता’ भन्दै विश्वव्यापी खेलकुद प्रतियोगिताको आधारभूत सिद्धान्तविपरीत रहेको जनाएको छ । आइसीसीको आधिकारिक विज्ञप्तिमा भनिएको छ, “पाकिस्तान सरकारको निर्णयअनुसार राष्ट्रिय टोलीलाई आइसीसी पुरुष टी–२० विश्वकप २०२६ मा छनोटमूलक रूपमा सहभागी गराइने जानकारी आइसीसीले लिएको छ।”

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) बाट औपचारिक जानकारी आइनसके पनि यस्तो निर्णयले विश्वकपमा सहभागी योग्य टोलीहरूले निर्धारित तालिकाअनुसार समान आधारमा प्रतिस्पर्धा गर्ने मूल भावना कमजोर बनाउने आइसीसीको ठहर छ ।

विज्ञप्तिमा भनिएको छ, “आइसीसीका प्रतियोगिताहरू खेलको अखण्डता, प्रतिस्पर्धात्मकता, निरन्तरता र निष्पक्षतामा आधारित हुन्छन् । छनोटमूलक सहभागिताले प्रतियोगिताको भावना र पवित्रतामा आँच पुर्‍याउँछ।”

सरकारहरूको राष्ट्रिय नीतिप्रति सम्मान जनाउँदै आइसीसीले यस्तो निर्णय विश्व क्रिकेट र विश्वभरका लाखौँ क्रिकेट प्रशंसकहरूको हितविपरीत हुने जनाएको छ । साथै यसले पाकिस्तान क्रिकेटमा दीर्घकालीन नकारात्मक असर पार्न सक्ने र समग्र विश्व क्रिकेट इकोसिस्टमलाई प्रभावित गर्न सक्ने चेतावनीसमेत दिएको छ ।

आइसीसीले पाकिस्तान सरकारलाई निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ । “आइसीसीको प्रमुख उद्देश्य आइसीसी पुरुष टी–२० विश्वकप सफल रूपमा सञ्चालन गर्नु हो, जसमा सबै सदस्य राष्ट्रहरूको समान जिम्मेवारी रहन्छ,” विज्ञप्तिमा उल्लेख छ ।

आइसीसीले पीसीबीसँग सहकार्य गर्दै सबै सरोकारवालाको हित सुरक्षित हुने सहमतिमूलक समाधान खोज्ने अपेक्षा पनि व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ