२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

टी–२० विश्वकप वार्म-अपः नेपाल आज यूएईसँग खेल्दै

मंगलवार , माघ २०, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकपको समूह चरणअगाडि नेपालले पहिलो वार्म–अप खेल आज यूएईविरुद्ध खेल्दैछ ।

नेपाल र यूएईबीचको अभ्यास खेल साँझ ५ः१५ बजेदेखि भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा सुरु हुनेछ ।

विश्वकप तयारीका क्रममा नेपालले यसअघि मुम्बईमा एमसीए प्रेसिडेन्ट ११ सँग तथा श्रीलंकामा श्रीलंका ‘ए’ टोलीसँग अभ्यास खेल खेलेको थियो । श्रीलंका ‘ए’ सँग खेलेका तीन खेलमध्ये नेपालले एक खेलमा मात्र जित हात पारेको थियो भने एमसीए प्रेसिडेन्ट ११ लाई दुवै खेलमा पराजित गरेको थियो ।

नेपालले दोस्रो वार्म–अप खेल बिहीबार क्यानडासँग खेल्नेछ ।

आईसीसी टी–२० विश्वकप फेब्रुअरी ७ (माघ २४) देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । नेपालले विश्वकपको पहिलो खेल माघ २५ मा इंग्ल्यान्डसँग खेल्नेछ ।

त्यसपछि नेपालले माघ २९ मा इटली, फागुन २ मा वेस्ट इन्डिज र फागुन ४ मा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ