काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ ।
क्यानले बुधबार एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहता र नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले जर्सी अनावरण गरेका हुन् ।
महिला किक्रेट टोलीलाई एक्स्ट्रिम इनर्जी ड्रिन्क्सले प्रायोजन गरेसँगै नयाँ जर्सी सार्वजनिक गरिएको हो ।
यो जर्सी नेपालले एसियन क्रिकेट काउन्सिल (एसिसी) ले थाइल्यान्डको बैंककमा आयोजना हुने राइजिङ स्टार्स महिला एसिया कप क्रिकेट प्रतियोगितामा पहिलोचोटी प्रयोग गर्नेछ ।
प्रतिक्रिया दिनुहोस