२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

क्यानडाले दियो नेपाललाई १६२ रनको लक्ष्य

बिहिवार , माघ २२, २०८२

काठमाडौं । आइसीसी टी–२० विश्वकपअन्तर्गत अन्तिम अभ्यास खेलमा क्यानडाले नेपाललाई १६२ रनको लक्ष्य दिएको छ । चेन्नईस्थित एमए चिदम्बरम मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ६ विकेटको क्षतिमा १६१ रन जोडेको हो ।

क्यानडाका नवनित धलिवालले सर्वाधिक ४१ रन बनाए । त्यस्तै, श्रेयस मोव्वाले अविजित ३८ रन र कन्वरपाल ताथगुरले २५ रन बनाए ।

बलिङमा नेपालका सन्दीप लामिछानेले चार ओभरमा १४ रन खर्चेर दुई विकेट लिए ।

त्यस्तै, कुशल भुर्तेलले दुई तथा सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ