काठमाडौं । आइसीसी टी–२० विश्वकप अन्तर्गत अन्तिम अभ्यास खेलमा नेपालले क्यानडामाथि शानदार जित निकालेको छ ।
आज चेन्नईस्थित एमए चिदम्बरम मैदानमा भएको खेलमा नेपालले क्यानडालाई ६ विकेटले हराएको हो ।
नेपालले १८औं ओभरमा १६२ रनको लक्ष्य चार विकेटको क्षतिमा हासिल गरेको हो ।
नेपालका ओपनर आशिफ शेखले ५८ रनको अर्धशतकिय पारी खेले । त्यस्तै, सन्दिप जोराले ४४ रन र गुल्शन झाले ३१ रन बनाए ।
त्यसअघि क्यानडाका नभनित धलिवालले ४१ रन, श्रेयस मोभ्भाले ३८ रन र कनववारपल तथागुरले २५ रन बनाएका थिए ।
नेपालका लागि सन्दिप लामिछाने र कुशल भुर्तेलले दुई–दुई विकेट थिए । त्यस्तै, नन्दन यादव र सोमपाल कामीले एक–एक विकेट लिएका थिए ।
प्रतिक्रिया दिनुहोस