२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

क्रिकेट महाकुम्भः आईसीसी टी–२० विश्वकप आजदेखि, भोलि नेपाल र इंग्ल्यान्ड भिड्ने

शनिवार , माघ २४, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलङ्कामा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल श्रीलङ्काको कोलम्बोस्थित सिंहाली स्पोर्ट्स क्लब क्रिकेट मैदानमा पाकिस्तान र नेदरल्याण्ड्सबीच हुनेछ । खेल नेपाली समयअनुसार बिहान ११स्१५ बजे सुरु हुनेछ ।

आजै दिउँसो ३स्१५ बजे भारतको कोलकातास्थित इडेन गार्डेनमा वेष्ट इन्डिज र स्कटल्यान्डबीच तथा साँझ ७स्१५ बजे मुम्बईको वानखेडे रंगशालामा आयोजक भारत र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ ।

यस विश्वकपमा नेपालले भोलि ९आइतबार० आफ्नो पहिलो खेल खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले दुईपटकको च्याम्पियन इंग्ल्यान्डसँग मुम्बईस्थित वानखेडे रंगशालामा प्रतिस्पर्धा गर्नेछ । नेपाल र इंग्ल्यान्डबीचको खेल नेपाली समयअनुसार दिउँसो ३स्१५ बजे सुरु हुनेछ ।

नेपालले दोस्रो खेल २९ माघमा इटालीसँग खेल्नेछ । इटाली पहिलोपटक टी–२० विश्वकपमा सहभागी हुँदैछ । त्यसपछि नेपालले २ फागुनमा पूर्वविजेता वेस्ट इन्डिज र ४ फागुनमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।

प्रतियोगितामा २० टोली सहभागी छन्, जसलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नामिबिया र नेदरल्याण्ड्स, समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान, समूह ‘सी’ मा नेपाल, इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली तथा समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, संयुक्त अरब इमिरेट्स ९यूएई० र क्यानडा रहेका छन् ।

आईसीसी टी–२० विश्वकप आगामी मार्च ८ सम्म सञ्चालन हुनेछ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ