ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडा नं १२, ठेचोमा दोस्रो गोदावरी नगरपालिका कप नेपाल क्योकुशिन काईकान सोनोडा राष्ट्रिय कराते प्रतियोगिता–२०८२ भव्यताका साथ सुरु भएको छ।
नेपाल क्योकुशिन काईकान सोनोडा कराते संघ, ठेचो उप–डोजोको आयोजनामा भएको उक्त कार्यक्रमको अध्यक्षता आयोजक अध्यक्ष एवं प्रतियोगिता संयोजक यज्ञराज गिरीले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथिमा गोदावरी नगरपालिका वडा नं १२ का वडा अध्यक्ष जगत बहादुर महर्जन रहेका थिए ।
समारोहमा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । नेपाल क्योकुशिन काईकान सोनोडा कराते संघका केन्द्रीय अध्यक्ष तथा ब्रान्च चिफ सिहान ज्ञानी, रत्न शाक्य लगायत समाजसेवी र बुद्धिजीवीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतियोगिताको पहिलो दिन उद्घाटन सत्रमा मार्चपास र सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिएका थिए। कार्यक्रममा वडा अध्यक्ष महर्जनले खेलकुदले युवाहरूलाई अनुशासित बनाउने र स्थानीय स्तरबाट राष्ट्रिय खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिताले टेवा पुग्ने विश्वास व्यक्त गरे ।
शुक्रबार पहिलो दिनको सत्रमा विभिन्न तौल समूहका प्रारम्भिक चरणका खेलहरू सम्पन्न भएका छन्। कार्यक्रमको समापन गर्दै संयोजक यज्ञराज गिरीले उपस्थित सम्पूर्ण गुरु वर्ग, निर्णायक, खेलाडी र खेलप्रेमी महानुभावहरूलाई धन्यवाद ज्ञापन गरे । प्रतियोगिता शनिबार पनि जारी रहनेछ।
प्रतिक्रिया दिनुहोस