काठमाडौं । टी–२० विश्वकपमा पाकिस्तानले नेदरल्यान्ड्सलाई तीन विकेटले हराउँदै विजयी यात्रा सुरु गरेको छ ।
श्रीलंकाको कोलम्बोस्थित सिन्हलिज स्पोर्ट्स क्लबमा शनिबार भएको प्रतियोगिताको पहिलो खेलमा १४८ रनको लक्ष्य पाकिस्तानले १९.३ ओभरमा ७ विकेट गुमाएर भेट्टाएको हो ।
पाकिस्तानका फहिम अशरफले सानदार ब्याटिङ गर्दै ११ बलमा तीन छक्का र दुई चौका प्रहार गर्दै अविजित २९ रन बननाए । साहिवजादा फरहानले ४७ र साइम अयुवले २४ रन बनाए ।
बलिङमा नेदरल्यान्ड्सका आर्यान दत्त र पल भान मिकेरनले सर्वाधिक दुई–दुई विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.५ ओभरमा १४७ रन बनाएर अलआउट भएको थियो । कप्तान स्कट इडवार्ड्सले ३७ रन बनाए भने बास डी लिडेले ३० रन, माइकल लेभिटले २४ रन र कोलिन एकरम्यान २० रन बनाए ।
पाकिस्तानका सलमान मिर्जाले सर्वाधिक तीन विकेट लिए ।
प्रतिक्रिया दिनुहोस